सोमबार १४ बैशाख, २०८३ | Monday Apr 27, 2026
युनिकोड

मुलुकबाट बाहिरीने भन्दा भित्रिने पैसा धेरै, कति छ शोधनान्तर बचत ?

मुलुकबाट बाहिरीने भन्दा भित्रिने पैसा धेरै, कति छ शोधनान्तर बचत ?

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को सात महिनामा विभिन्न शीर्षकमा नेपालमा भित्रिने र नेपालबाट बाहिरीने रकमबीचको अन्तर अर्थात् शोधनान्तर स्थिती पाँच खर्ब ७२ अर्ब ७३ करोड रूपियाँले बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती विषयक प्रतिवेदनले यस्तो देखाएको हो । 


गत आवको यसै अवधीमा शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो । यसपाली त्यो झन् बढेको छ । पछिल्लो समय नेपालमा रेमिट्यान्सबाट उच्च मात्रामा पैसा भित्रिएको छ । निर्यात पनि बढेको छ । त्यसले गर्दा शोधनान्तर स्थिती बचतमा राख्न सहयोग पुगेको छ ।


‘समीक्षा अवधिमा शोधनान्तर स्थिति ५७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा रहेको छ ।’


सम्वन्धित समाचार